
काठमाडौं । सिन्धुलीमा गत साउन महिना यता ९७ जना डेंगुका बिरामी फेला परेका छन् ।
छोटो अवधिमै डेंगुका बिरामी ह्वात्तै बढेको सिन्धुली अस्पतालले जनाएकाे हाे । दैनिक २-३ जना बिरामीमा डेंगु रोगको कडा संक्रमण देखिएको छ । कमलामाई नगरपालिकामा सबै भन्दा बढी ७४ जनामा डेंगु संक्रमण देखिएको हाे । दुधौली नगरपालिकामा ७, गोलञ्जोर गाउँपालिकामा ५, तीनपाटन गाउँपालिकामा ४, मरिण गाउँपालिका र घ्याङलेख गाउँपालिकाका ३-३ जनामा डेंगु देखिएको छ ।
डेंगुका बिरामीले अस्पताल भरिंदै गएपछि अहिले बिरामीलाई चिकित्सकको सल्लाहमा घरमै राख्न थालिएको छ । घरमा रहेका बिरामीहरुको भने तथ्यांक राखिएको छैन् । रगत प्लेटलेट्सको अभाव देखिएकाहरुलाई भने उपचारका लागि अन्यत्र पठाउने गरिएको सिन्धुली अस्पतालले जनाएकाे छ ।
कमलामाइमा बुधबारदेखि स्वास्थ्य कर्मचारी र नगर स्वास्थ्य स्वयंसेविकाको टोलीलाई लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने काममा परिचालित गरिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्