उदयपुर । उदयपुरमा लकडाउन खकुलो बनाइएको छ । कुनै समय कोरोना हटस्पटको रुपमा रहेको उदयपुरमा ३३ जना संक्रमित निको भएपछि जारी लकडाउनको स्वरुप परिवर्तन गर्न स्थानीय प्रशासनले लकडाउनलाई खकुलो बनाएको छ ।
गत वैशाखमा ३२ जना र जेष्ठ २ गते एक सञ्चारकर्मीमा कोरोना संक्रमित भएसँगै लकडाउनलाई कसिलो बनाइएको थियो ।
पछिल्लोपटक दुई जना संक्रमित निको भएसँगै उदयपुरमा कोरोना भाइरस संक्रमित शून्य भएको हो ।
२ हजार ५ सय १७ जनाको पिसिआर स्वाबको नमूना संकलन गरिएकोमा ३३ जनाबाहेक अरुमा पोजेटिभ नदेखिएको उदयपुरका स्वास्थ्य प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
गाईघाट, बेलटार कटारी, रामपुर लगायतका होटल रेष्टुरेन्ट, लज, पार्टी प्यालेस, सैैुुलुन, पार्लर बाहेकका खाद्यसामग्री, हार्डवेयर, जुत्ताचप्पल, कपडा पसल बिहान ११ बजेसम्म खुल्ला गरिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्