स्याङ्जा । कोरोना संक्रमित बढेसँगैं सुरक्षा व्यवस्था कडा पारिएको छ ।
कोरोना संक्रमितको संख्या ३७ पुगेसँगै यहाँको सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।
पछिल्लो समय भारतबाट आउने क्रम बढ्दै गएपछि हाल जिल्लाको क्वारेन्टाइनमा ७ सय ७८ जना रहेको उनले बताए ।
दाङको तुल्सीपुरबाट सरुवा भइ स्याङजामा आइतबारबाट मात्र कार्यभार सम्हालेका प्रमुख जिल्ला अधिकारी क्षेत्रीले जिल्लालाई थप कडाइ गर्न निर्देशन दिएका हुन् ।
लकडाउनलाई उल्लघंन नगर्न आग्रह गर्दै विना पासमा हिँडेका सवारी साधनलाई नियन्त्रणमा लिइएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्