Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


भारतबाट आएर क्वारेन्टाइनमा बसेका १९ वर्षीय युवकको आज मुत्यु


0
Shares

काठमाडौं । डोटीको क्वारेन्टाइनमा पनि एक युवकको मृत्यु भएको छ ।

जिल्लाको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा  बसेका १९ वर्षीय युवकको मुत्यु भएको हो ।

भारतको लुधियानाबाट १९ गते डोटी पुगेका उनी २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

आज बिहान करिब ३ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मुटुको रोगी भएको स्थानीयले बताएका छन् ।

मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उक्त क्वारेन्टाइनमा रहेका अन्य १० जनाकै स्वाब संकलन गरिने बताइएको छ ।