Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


कुटनीतिक बाहेक सबै उडानमा रोक


0
Shares

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण नेपालले चार्टरबाहेक सबै उडानमा रोक लगाइएको स्पष्ट पारेको छ ।

शनिबार सूचना जारी गर्दै प्राधिकरणले सबै प्रकारका चार्टर उडानमा रोक लगाइएको स्पष्ट पारेको हो ।

एयर ट्रान्सपोर्ट डिभिजनका प्रमुख सचितभक्त पोखरेलका अनुसार नेपालले सबै व्यवसायिक उडानमा रोक लगाएको हो ।

उनले कुटनीतिक माध्यमबाट हुने बाहेकका सबै हवाई उडानमा रोक लगाइएको जानकारी दिए ।

कोरोना भाइरसका कारण सरकारले गत चैत ९ गतेदेखि सबै प्रकारका अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ भने चैत ११ गतेदेखि आन्तरिक हवाई उडानमा समेत रोक लगाइएको छ ।

चार्टर उडानका नाममा मनपरी भाडा असुली हुने थालेपछि उडान बन्द गर्ने निर्णय प्राधिकरणले गरेको हो ।

तर लकडाउन भएपछि पनि हालसम्म एक सयभन्दा बढी उडान भने भइसकेका छन् ।