मन्त्रीलाई चुनावमा प्रचारप्रसार गर्न रोक लगाउने आचारसंहिता तत्काल हटाउन नेता श्रेष्ठको माग « Imagekhabar – Online News Portal of Nepal
९ आश्विन २०७९, आईतवार | Sun Sep 25 2022


मन्त्रीलाई चुनावमा प्रचारप्रसार गर्न रोक लगाउने आचारसंहिता तत्काल हटाउन नेता श्रेष्ठको माग


260
Shares

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीलाई चुनावमा प्रचारप्रसार गर्न रोक लगाउने गरी जारी गरिएको निर्वाचन आचारसंहिता तत्काल हटाउन निर्वाचन आयोगसँग माग गर्नु भएको छ ।

बहुदलीय राजनीतिक प्रणालीमा नेताहरु नै मन्त्री हुने हुनाले उनीहरुले निर्वाचनको प्रचारप्रसार गर्न नमिल्ने भन्ने कुरा नहुने उल्लेख गर्दै सो प्रावधान तत्काल हटाउन निर्वाचन आयोगसँग उहाँको माग छ । सोमबार सिंहदरवारमा बसेको राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले निर्वाचन आयोगले राज्यको स्रोत ÷साधनको दूरुपयोग हुन नदिन भने निर्वाचन आचारसंहिता कडाईका साथ लागू गर्नुपर्ने स्पष्ट पार्नु भयो ।

तर पोलिटिकल लिडरहरु नै मन्त्री हुने भएकाले उनीहरुलाई निर्वाचन प्रचारप्रसारमा रोक लगाउने गरी निर्वाचन आयोगले आचारसंहिता जारी गर्न भने कुनै पनि हालतमा नमिल्ने उहाँले तर्क गर्नु भयो । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निर्वाचनमा समानुपातिक सहभागिताको प्रश्नमा भने संविधाननै संशोधन गरेर अघि बढनुपर्ने अवस्था रहेको पटकपटक दोहोर्‍याउनुभयो ।