बैतडी, जेठ २३ । चौलानी नदीमा बगेर शुक्रबार अपरान्ह बैतडीका एक बृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका ६ का ६० बर्षीय हिरा राना रहेका बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।
शुक्रवार अपरान्ह ४ बजेतिर डिलाशैनी ६ स्थित बांगाबगरनजिक चौलानी नदीमा माछा मार्न गएका राना एक्कासी नदीमा बगेका प्रहरीले जनाएको छ ।
नदीमा बगेका रानालाई स्थानीयले उद्धार गरेपनि मृत्यु भइसकेको अवस्थामा फेला पारेका हुन् ।
प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्