Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


दैलेखमा अनिश्चितकालीन कर्फ्यु


0
Shares

दैलेख, जेठ २३ । दैलेखमा कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन थपिँदै गएपछि जिल्ला प्रशासन कार्यालयले नारायण नगरपालिका र दुल्लु नगरपालिका क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु जारी गरेको छ ।

शुक्रबार साँझ ६ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु जारी गरिएको हो ।

यी दुई नगरपालिकाबाहिर भने ‘लकडाउन’को अवस्था नै रहनेपनि जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।