Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


कोरोनामुक्त नभइ सेती अस्पतालबाट ६ जना संक्रमित ‘डिस्चार्ज’


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, जेठ २३ । सेती प्रादेशिक अस्पतालबाट ६ जना कोरोना संक्रमित शुक्रबार ‘डिस्चार्ज’ भएका छन् । उनीहरु कोरोनामुक्त भइसकेका छैनन् ।

उनीहरुले कोरोनालाई नजितेपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नयाँ निर्देशिकाअनुसार डिस्चार्ज गरिएको धनगढीस्थित सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

लक्षण नदेखिएको र स्वास्थ्यमा समस्या नभएका संक्रमितलाई १४ दिन ‘आइसोलेसन’मा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको उनले जानकारी दिए ।

श्रेष्ठकाअनुसार अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुष र ११ वर्षीया बालिका, बैतडीको शिवनाथ गाउँपालिका–१ का २० वर्षीय र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका–२ का २० र २२ वर्षीय पुरुषलाई डिस्चार्ज गरिएको हो ।

चिकित्सकको आवश्यक निर्देशनसहित डिस्चार्ज गरिएको जनाइएको छ ।

अब सेती प्रादेशिक अस्पतालमा २० जना संक्रमितको उपचार भइरहेको छ ।