Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयबाट ५ जना कर्मचारी पक्राउ


2.1k
Shares

पोखरा । गण्डकी प्रदेश सरकारले अध्यादेशमार्फत निजमती ऐन ल्याउन लागेको भन्दै आन्दोलन गर्ने ५ कर्मचारी पक्राउ परेका छन् ।

आइतबार दिउँसो सरकारले अध्यादेशमार्फत ल्याउन लागेको निजामति ऐनले स्थानीय तहका कर्मचारीले प्रतिस्पर्धा गर्नबाटै रोक लगाउन लागेको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हाताभित्रै पम्लेट लिएर धर्ना बसिरहेका कर्मचारीले विरोध ब्यानरसहित नाराबाजी गर्न थालेपछि प्रहरीले ५ जनालाई पक्राउ गरेका हुन् ।

पोखरा महानगरपालिकाका लेखा महाशाखा प्रमुख जयराम पौडेल, सहकारी महाशाखा प्रमुख भरतराज पौडेललगायत ५ जनालाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीहरुले वर्तमान कानुन खारेज गर भन्दै पुगेका नारा लगाएका थिए । प्रदेश सरकारमा समायोजन भएर आएका कर्मचारीले ९ वर्षसम्म पनि बढुवा हुन नपाएको भन्दै प्रदेशले अध्यादेशमार्फत भए पनि ऐन ल्याएर बढुवाको बाटो खुला गर्न लागेको हो ।