२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


रुकुम घटनाको छानविन गर्न संसदीय समिति गठन, सदस्यहरुको टुंगो लाग्न बाँकी रहेको सभामुखको भनाई


0
Shares

काठमाडौं । जाजरकोट रुकुम पश्चिममा भएको घटनाको छानविन गर्न संसदीय समिति गठन भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले संसद अवरोध गर्ने चेतावनी दिएपछि छानविन समिति गठन गरिएको हो ।

सभामुख अग्नि सापकोटाले दलहरुसँगको परामर्शमा समितिमा रहने सदस्यहरु तय गर्ने बताए ।

संसदको कार्यसञ्चालन नियमावली २०७५ को नियम १ सय ७७ बमोजिम संसदीय विशेष समिति गठन गरिने सभामुख सापकोटाले जानकारी दिए ।

गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँकी आफ्नी प्रेमिकालाई लिन भनेर जाजरकोटबाट गएका नवराज विकसहितका युवा र केटी पक्षबीच झडप भएसँगै उनीहरूको हत्या भएको थियो ।

सो विषयमा घटनाको भोलिपल्टदेखि नै संसदमा सत्ता पक्ष र प्रतिपक्षले समेत संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् ।

यो घटना जातीय विभेदका कारण नै भएको आरोप सहित छानबिनको माग गरिएको छ ।