
काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्य सुरु गरेको छ । आज पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् ।
म्यानमार सेनाको एयरफोर्स उनीहरुलाई लिएर काठमाडौंमा अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।
कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड १९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी) को संयोजनमा उद्दार गरेर ल्याइएका नागरिकको व्यवस्थापन गरिँदैछ ।
सरकारले आजै म्यानमारसँगै यूएईबाट पनि १६८ जनालाई ल्याउने तयारी गरेको थियो । तर, प्राविधिक समस्याका कारण यूएईबाट विमान समयमा उड्न सकेन ।
विदेशबाट दैनिक २९ सय जनासम्मको उद्धार गर्न सक्ने गरी उपत्यकामा होल्डिङ सेन्टर तयार गरिएको छ ।
सीसीएमसीको संयोजनमा काठमाडौं र भक्तपुरमा एक एक हजार र ललितपुरमा ९ सय जना अट्ने गरी होल्डिङ सेन्टर तयार गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्