
पाल्पा । सदरमुकाम तानसेनमा नयाँ बसपार्क बनाउने कार्य अगाडि बढेको छ ।
करिव ४० वर्षअघि बनेको बसपार्कले हालको सवारीसाधनको पार्किङ थेग्न नसकेपछि वनदेवी जङ्गलमा बसपार्क बनाउन प्रारम्भिक चरणको काम सुरु गरिएको छ ।
वन मन्त्रालय र तानसेन नगरपालिका बीच वनदेवी क्षेत्र जङ्गल फडानी गरी बसपार्क बनाउने सम्झौता भएपछि काम सुरु भएको हो ।
करिव १ सय रोपनी क्षेत्रफलमा हरित बसपार्क बनाउने योजना भए अनुरुप अहिले सो क्षेत्रमा रहेका सल्ला, चिलाउने, जामुन लगायतका १३ सय बढी रुखहरु फडानी गर्ने काम अघि बढेको छ ।
लकडाउनको समयमा पनि दूरी कायम गरी ठूला योजनाहरु सञ्चालन गर्न आवश्यक देखिएको हुँदा बसपार्क निर्माणको काम अघि बढाएको तानसेन नगर प्रमुख अशोककुमार शाहीले जानकारी दिए ।
बसपार्क तीन वर्षभित्र तयार हुने तानसेन नगरपालिका वातावरण तथा सरसफाई शाखा प्रमुख शंकर भण्डारीले बताए ।
बसपार्क आसपासमा साना उद्योगहरु, ग्यारेज, पेट्रोल पम्प र होटेलसमेत बनाउने गरी काम अघि बढाइने नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्