अर्घाखाँची । क्वारेन्टाइनमा बसेकालाई निःशुल्क योग प्रशिक्षण दिन सुरु गरिएको छ ।
सामाजिक विकास मन्त्रालय प्रदेश न. ५ बुटवलको निर्देशन अनुसार आयुर्वेदिक चिकित्सक पद्धतिद्वारा अर्घाखाँचीको विभिन्न स्थानका क्वारेन्टाइनमा बसेकालाई निःशुल्क योग प्रशिक्षण दिन थालिएको हो ।
जसअन्तर्गत पहिलो चरणमा शितगंगा नगरपालिका र सन्धिखर्क नगरपालिका क्षेत्रको क्वारेन्टाइनमा बसेका नागरिकलाई प्रशिक्षण दिइएको छ ।
जिल्लामा हाल ४ हजार ४ सय ४१ जना नागरिक क्वारेन्टाइनमा रहेका छन् ।
योगले आत्मबल बढाउन, शारीरिक तथा मानसिक रुममा क्रियाशील बनाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन र मनोरञ्जन प्रदान गर्ने भएकाले यो कार्यक्रम निकै प्रभावकारी भएको क्वारेन्टाइनमा बसेकाको भनाइ छ ।
साथै आयुर्वेदिक औषधीसमेत वितरण गरिएको योग प्रशिक्षक अशोक खनालले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्