दशैंको मुखमा नेपालीको भान्सा महँगिने « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Thu Sep 29 2022


दशैंको मुखमा नेपालीको भान्सा महँगिने

भारतले चामलमा लगायो २० प्रतिशत निर्यात कर

403
Shares

काठमाडौं । दशैंको मुखमा नेपालीको भान्सा महँगिने भएको छ । भारतले चामल धानलगायतका खाद्यान्नको निर्यातमा कडाइ गर्दै कर लगाएपछि भान्सा महँगो हुन लागेको हो ।

भारतले शुक्रबारलेखि लाग् हुने गरी चामलको निर्यातमा २० प्रतिशत कर निर्धारण गरेको छ ।

यस वर्ष भारतमा धान उत्पादन कम हुने आँकलन गर्दै आन्तरिक माग धान्नका निम्ति धान र भारतले चामलको निर्यातमा २० प्रतिशत कर लगाएको छ । कर लगाउँदा २५ प्रतिशत निर्यात घट्ने र आन्तरिक मागलाई सन्तुलन राख्न सहयोग पुग्ने भारतको निष्कर्ष छ ।

धानको उत्पादन उच्च हुने पश्चिम बंगाल, उत्तर प्रदेश र विहारलगायतका राज्यमा कम वर्षा भएका कारण धानबालीको उत्पादन घट्ने तथा रुस युक्रेन युद्धका कारण खाद्य आपूर्ति रोकिँदा संकट बढ्ने भन्दै भारतले आन्तरिक बजारलाई प्राथामिकतामा राखेको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।