२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा आज पानी पर्ने


0
Shares

काठमाडौं । नेपालमा स्थानीय वायु र अरब सागरमा रहेको “निसर्ग” चक्रवातको प्रभावले आज काठमाडौं उपत्यकालगायत देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ ।

अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशभरी तथा प्रदेश ५ को अधिकांश भागमा मध्यम वर्षा भैरहेको छ ।

आज दिउँसो प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली  रही बाँकी भूभागमा मौसम सामान्य बदली  रहनेछ ।

प्रदेश ५, सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशमा हल्का वर्षाको  सम्भावना रहेको मौसाम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै प्रदेश १,२, बागमती प्रदेश र गण्डकी प्रदेशको अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका केही स्थानहरुमा  मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको साथै उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन हुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १७ दशमलव ६ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २२ देखि २४ डिग्री सेल्सियसबीच रहने छ ।

सूर्योदय आज बिहान ५ बजेर ८ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५७ मिनेटमा हुनेछ ।