गृष्मा राजभण्डारी र भरत केसी (इमेज)
काठमाडौं, जेठ २२ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै अढाइ महिनादेखि मुलुक ‘लकडाउन’को अवस्थामा छ ।
छिमेकी भारतसँगका नाकाहरु झन्डै तीन महिनादेखि ‘सिल’ गरिएका छन् । तर, पछिल्ला दिनहरुमा समेत भारत र नेपालकै विभिन्न जिल्लाबाट उपत्यकामा प्रवेश गर्नेहरुको कमी भने छैन ।
कीर्तिपुरमा रहेको राधास्वामी सत्संग ब्यास नेपाल अहिले ‘होल्डिङ’ क्षेत्रको रुपमा प्रयोग भइरहेको छ, त्योपनि भारत र नेपालका विभिन्न जिल्लाबाट लुकीछिपी आएकाहरुलाई राख्नका लागि । यिनीहरु लकडाउनकै समयमा यहाँसम्म आइपुगेका हुन् ।
यसैले देखाउँछ लकडाउन र सिल गरिएको सिमानाको कसरी उल्लंघन भइरहेको छ भन्ने ।
भारतबाट उपत्यकासम्म आइपुगेका भारतीयहरुलाई प्रहरीले नागढुंगाबाट सोझै होल्डिङ क्षेत्रमा ल्याएको हो । ट्रक चलाउँदै आएकाहरुको साथमा अन्य पाँचजना साथीहरु पनि आएका छन्, भारतबाट । यो समूह त एउटा उदाहरणमात्रै हो ।
नागढुंगासम्म आउनेहरुलाई कालीमाटी र कीर्तिपुर प्रहरीको समन्वयमा यहाँ ल्याउने गरिएको छ ।
लकडाउनको अवस्था र नाका सिल रहेको भएपनि भारत र नेपालका विभिन्न जिल्लाबाट असंख्य मात्रामा मानिसहरु उपत्यका भित्रिरहेको कालीमाटी प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले बताए ।
सत्संगका स्वयंसेवकले भने आफूहरुकहाँ ल्याइएर छाडिएकाहरुलाई खाने, बस्ने व्यवस्था गरिएको तर कोरोना ‘टेस्ट’ भने गर्न नसकिएको भन्दै चिन्ता व्यक्त गरे ।
कोरोना संक्रमितको संख्या धमाधम थपिइरहेको अवस्थामा लकडाउन उल्लंघन गर्दै भारतबाटसमेत मानिसहरु आइपुग्नु गम्भीर विषय हो । यसले हाम्रो प्रशासनिक संयन्त्र कति फितलो छ भन्ने पनि प्रस्ट पार्दछ ।









प्रतिक्रिया दिनुहोस्