
नवीन शर्मा (इमेज)
दैलेख, जेठ २२ । दैलेखमा बिहीबार एकैदिन थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको ‘पीसीआर’ परीक्षणमा १०० जना पुरुष र पाँचजना महिलाको ‘रिपोर्ट पोजिटिभ’ आएको जनाइएको छ ।
संक्रमण पुष्टि भएकाहरुमा नारायण नगरपालिकाकामात्रै ६९ जना छन् ।
योसँगै दैलेखमा संक्रमितको संख्या २१० पुगेको छ ।
यस्तै, मुगुमा पनि बिहीबार एकजनामा संक्रमण देखिएको छ ।
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २१३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्