
बैतडी, जेठ २२ । बैतडीको जिल्ला अस्पतालका सबै स्वास्थ्यकर्मीलाई ‘क्वारेन्टाइन’मा राखिएपछि अस्पतालको सेवा प्रभावित भएको छ ।
जिल्ला अस्पताल बैतडीमा बच्चा जन्माएकी एक महिलाको ‘आरडीटी रिपोर्ट पोजिटिभ’ आएपछि उनको सम्पर्कमा रहेका १९ जना स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए ।
सुत्केरी महिलाको ‘पीसीआर’ परीक्षणका लागि स्वाब नमुना संकलन गरी धनगढीस्थित प्रयोगशाला पठाउने तयारी गरिएको छ । उनलाई जिल्ला अस्पतालकै ‘आइसोलेसन’मा राखिएको छ ।
शिशुको आरडीटी रिपोर्ट भने ‘नेगेटिभ’ आएको छ ।
प्रतिक्रिया दिनुहोस्