
कैलाली । कोरोना संक्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि ह्युमानिटी फाउण्डेसनले एक व्यक्ति दुई किट अभियान सञ्चालन गरेको छ ।
धनगढीमा आज पत्रकार सम्मेलनको गरी फाउण्डेसनका अध्यक्ष श्याम तायलले किटको अभावमा भारतबाट भित्रिएका अढाई लाख भन्दा बढि व्यक्तिको कोरोना परीक्षण हुन नसकेकोले एक व्यक्ति दुई किट अभियान सुरु गरिएको बताए ।
उनले यो अभियान अन्तर्गत सुदूरपश्चिम प्रदेशमा र्यापिड र पीसीआर गरी ४० हजार किट सुदूरपश्चिम प्रदेश सरकारलाई उपलब्ध गराउने लक्ष्य राखिएको जानकारी दिए ।
तत्काल भारतबाट भित्रिएका र भित्रिने अनुमान गरिएकाहरुका लागि ४० हजार र्यापिड किट र पीसीआर किट उपलब्ध भएमा भारतबाट भित्रिएका १० प्रतिशत व्यक्तिको कोरोना परीक्षण गर्न सकिने बताए ।
भारतमा लकडाउन भएयता हालसम्म करीव अढाई लाख व्यक्ति भारतबाट सुदूरपश्चिम भित्रिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्