१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


सिन्धुलीमा भारतबाट आएका तीन सय जनाकोे स्वाब संकलन


0
Shares

सिन्धुली । भारतबाट आएर सिन्धुलीका विभिन्न्न क्वारेन्टाइनमा बस्दै आएका ३ सय जनाको स्वाब संकलन गरिएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका र दुधौंली नगरपालिकाले आ –आफ्ना स्थानीय तह अन्तर्गतका विभिन्न क्वारेन्टाइनहरुमा बसेकाहरुलाई पिसिआर परीक्षण थालिएको हो ।

पहिलो चरणमा भारतबाट आएका २ सय नागरिकका लागि पिसिआर परीक्षणका लागि स्वाब संकलन थालिएको हो ।

सिन्धुली अस्पतालले पनि जिल्लामा फ्रन्ट लाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीको भिटिएम किटको माध्यमबाट पिसिआर परीक्षण गराउँदै आएको छ ।