१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


कञ्चनपुरको गौरिफन्टा नाकामा खटिएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण


0
Shares

काठमाडौं । कञ्चनपुरमा एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट आएका नेपालीहरुको स्वास्थ्य परीक्षण गर्न कञ्चनपुरको गौरिफन्टा नाकामा खटिएका स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि भएपछि ती स्वास्थ्यकर्मीलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ ।

उनले आफ्नो स्वास्थ्य सामान्य रहेको र कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको बताए ।

पीपीई लगायतका सुरक्षा सामग्री अभावमा काम गर्नुपरेको पनि उनले बताए ।

पर्याप्त र गुणस्तरयुक्त स्वास्थ्य सामग्री अभावले आफूलाई कोरोना संक्रमण भएको उनले बताएका छन् ।