
काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच ‘कर भर्सेज द्वन्द्व’ चलेको छ ।
महानगरपालिकाले प्राधिकरणलाई सम्पत्ति कर तिर्न अल्टिमेटम दिएको र प्रतिउत्तरमा प्राधिकरणले महानगरपालिकाबाटै वर्षौंदेखि विद्युत् महसुल बक्यौता रहेको जनाएपछि दुई निकायबीचको द्वन्द्व सतहमा आएको हो ।
महानगरपालिकाले गत मंगलबार प्राधिकरणलगायत १७ वटा संस्थालाई सम्पत्ति कर तिर्न १० दिने अल्टिमेटम दिएको थियो ।
उक्त अल्टिमेटमपछि प्राधिकरण अधिकारीहरूले महानगरपालिका स्वयंले प्राधिकरणलाई अर्बौं रुपैयाँ विद्युत् महसुल तिर्न बाँकी रहेको तथा महानगरपालिकाद्वारा अल्टिमेटम दिइएको सम्पत्ति कर प्राधिकरण ऐनअनुसार तिर्नु नपर्ने जिकिर गरेका छन् ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्