
फाइल तस्वीर ।
काठमाडौं । सरकारले कुर्थादेखि भड्गाहा (विजलपुरा) सम्म रेलमार्ग विस्तारको क्रममा परीक्षण गरेको छ ।
विस्तारको योजनाअनुरूप बिहीबार रेल सञ्चालनका लागि रेल्वे ट्रयाकको स्पिड टेस्ट (गति परीक्षण) गरिएको हो ।
१७ किलोमिटरको सो खण्डमा २ पटक रेल्वे कम्पनीले रेल सञ्चालन गरेर गति परीक्षण गरेको र रेल सञ्चालनको लागि योग्य रहेको रेल विभागका महानिर्देशक रोहितकुमार विसुराले बताए । उनले भने, ‘रेलमार्ग निर्माणको काम पूरा भएको छ । अब अन्य पूर्वाधारको काम पूरा भएर नेपाललाई हस्तान्तरण भएपछि कुर्था–विजलपुरा रेल सञ्चालन हुनेछ ।’
ट्रयाक विस्तार भएपछि हाल रेल सञ्चालन भइरहेको ३४ किलोमिटर कुर्था–जयनगर खण्डमा थप १७ किलोमिटर थप हुनेछ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्