
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीले नयाँ स्टक एक्सचेन्ज खोल्ने सरकारको तयारीप्रति असहमति जनाएका छन् ।
कर्मचारी संघले बिहीबार विज्ञप्ति जारी गर्दै ८ बुँदे असहमति सार्वजनिक गरेको छ ।
विश्वमा स्टक एक्सचेन्जहरूको संख्या कम गर्न विभिन्न विकल्पमा काम भइरहेको समयमा नेपाल उल्टो बाटोमा हिँड्न लागेको भन्दै संघले आपत्ति जनाएको हो ।
भारतमा २६ वटा स्टक एक्सचेन्ज रहेकोमा अहिले घटेर २ वटामा सीमित भएको, सारा युरोपलाई अब ४ वटा स्टक एक्सचेन्जको समूहले धान्न सक्ने स्थिति बनेको र पाकिस्तानमा रहेका ३ वटा स्टक एक्सचेन्जलाई गाँभेर एउटै बनाउन लागिएको समयमा नेपालको जस्तो सानो अर्थतन्त्र भएको देशमा अर्काे स्टक एक्सचेन्ज खोल्नु र त्यसमा प्राइभेट कम्पनीलाई समेत लगानी गर्न दिनु अवैज्ञानिक र अव्यवहारिक हुने संघको दाबी छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्