राष्ट्रपति भण्डारीद्धारा म्यानमार र मलेसियाका लागि राजदूत नियुक्त « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Fri Oct 7 2022


राष्ट्रपति भण्डारीद्धारा म्यानमार र मलेसियाका लागि राजदूत नियुक्त


676
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरिश्चन्द्र घिमिरेलाई म्यानमार र डिल्लीराज पौडेललाई मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा बिहीबार नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उहाँहरुलाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।