Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


फिल्म ‘हिजो आजका कुरा’ को ट्रेलर सार्वजनिक


1.1k
Shares

काठमाडौं । पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘हिजो आजका कुरा’ को ट्रेलर सार्वजनिक भएको छ ।

आगामी असोज २८ गतेबाट प्रदर्शन हुन लागेको यस फिल्मको बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक २ मिनेट ४५ सेकेन्डको लामो ट्रेलरमा अमेरिकाको मोहले घरपरिवारमा पारेको असरलाई देखाइएको छ । अमेरिकामा बस्नेको संघर्ष र छोराछोरी घरमा नभएका आमाबाबुको संघर्षलाई फिल्मको कथा बनाइएको छ ।

बरिष्ठ कलाकार सन्तोष पन्तको निर्माण रहेको यस फिल्ममा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, स्व. जयनन्दन लामा, रमेश अधिकारी, जेविका कार्की, विनायक कुइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, लक्ष्मी भुषाल, सविन शाक्य, मन्जु श्रेष्ठ, कमला रेग्मीलगायत कलाकारको अभिनय रहेको छ।

फिल्मलाई सन्तोषका छोरा साकार पन्तले निर्देशन गरेका छन् । उनको यो डेब्यू निर्देशन हो । रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त, निर्मातामा सन्तोष पन्त र सकार पन्त छन् भने सह–निर्मातामा बैकुण्ठ प्रसाद उपाध्याय र कुमार मिश्र छन् ।