१६ मंसिर २०८०, शनिबार | Sat Dec 2 2023


पाकिस्तान र श्रीलंका एसिया कपको फाइनलमा


520
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिया कप टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि पाकिस्तान र श्रीलंका भिड्ने भएका छन् ।

सुपर फोरको खेलमा पाकिस्तानले लगातार दोस्रो जित निकालेसँगै प्रतियोगिताको फाइनल समिकरण पूरा भएको हो ।

बुधबार राति भएको खेलमा पाकिस्तानले अफ्गानिस्तानलाई १ विकेटले हराएको थियो ।

अफगानिस्तानले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको पाकिस्तानले खेलमा ४ बल बाँकी छँदै उक्त लक्ष्य पार गर्‍यो ।

पाकिस्तानको यो जितसँगै श्रीलंका पनि फाइनल प्रवेश गर्न सफल भयो । दुवैले शीर्ष चारमा समान २–२ जित निकाल्दै एक खेल अगावै फाइनलमा स्थान बनाए । अफगानिस्तान र भारत भने प्रतियोगिताबाट बाहिरिए ।

अब उपाधिका लागि पाकिस्तानले आइतबार श्रीलंकाको सामना गर्नेछ ।