
रामेछाप । दलानमा मकैको खोस्टा र चाउचाउका प्लास्टिक च्यात्दै चकटी बुनिरहेकी चमेलीको आफ्नै कथा छ ।
परबाट हेर्दा आँखा देखेजसरी हातको काम गरिरहेको देखे पनि चमेलीले देख्न छाडेको १५ वर्ष भइसक्यो । उनको पूरा नाम भने चमेली मगर हो ।
मन्थली नगरपालिका–९ पुराना गाउँकी ४० वर्षीया चमेलीको दुवै आँखा बन्द छन् । आँखा नदेखे पनि उनलाई हेरचाह गर्ने कोही छैनन् । उल्टै उनी आफ्ना सात छोरीको हेरचाहमा खटिरहेकी छन् ।
छोरीहरूलाई पढाउने, घरव्यवहार धान्ने सबै जिम्मा चमेलीकै थाप्लोमा छ । हुन त, उनका आठ छोरी हुन् । जेठी छोरीको भने विवाह भइसक्यो । अझै सात छोरीको लालनपालन, पठनपाठनलगायत जिम्मेवारी उनकै काँधमा छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्