
काठमाडौं, जेठ २१ । कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएको छ ।
मन्त्रालयमा बुधबार बसेको बैठकले संक्रामक रोग ऐन २०२० अन्तर्गत् संकटकाल घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको हो ।
ऐनको दफा २ मा संक्रमण रोग बढ्दै गए वा फैलिने देखिएमा नेपाल सरकारले रोकथाम गर्न आवश्यक आदेश जारी गर्नसक्ने उल्लेख छ ।
सोही प्रावधानअनुसार कोरोना संक्रमण बढ्दै गएकाले यस्तो प्रस्ताव लैजाने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
संक्रमणको दर बढ्दै गएका कारण क्वारेन्टाइन, अस्पतालको बेड, लजिस्टिक र जनशक्ति नपुग हुने भएकाले संकटकाल घोषणा गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्