१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


‘तरकारी र फलफूलबाट कोरोना सरेको प्रमाण छैन, नस्ट नगर्नोस्’


0
Shares

काठमाडौं, जेठ २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तरकारी र फलफूलहरुबाट कोरोनाभाइरस सरेको प्रमाण नभएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङमा’ बुधबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न स्थानमा हरियो तरकारी फालिएको सन्दर्भमा ध्यानाकर्षण भएको जनाउँदै यस्तो बताएका हुन् ।

अहिलेसम्म कसैलाई पनि त्यसरी कोरोना सरेको थाहा नभएको भन्दै उनले तरकारी र फलफूलहरु नस्ट नगर्न अनुरोध गरे ।

‘खाना र खानाको प्याकेटहरु, तरकारीहरु, फलफूलहरुबाट कोभिड–१९ को भाइरस सरेको प्रमाण छैन’–उनले भने–‘अहिलेसम्म सरेको कसैलाई पनि थाहा भएको छैन ।’

उनले तरकारी र फलफूल सुरक्षित तरिकाले सरसफाइ गरी खान पनि आग्रह गरेका छन् ।

भिडियो हेर्नुहोस्