१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


बैतडीका पहिलो कोरोना संक्रमित ‘डिस्चार्ज’, डिस्चार्जलगत्तै कारागार लगियो


0
Shares

बैतडी, जेठ २१ । बैतडीका पहिलो कोरोना संक्रमित युवक निको भइ बुधबार ‘डिस्चार्ज’ भएका छन् ।

अस्पताल गएको १३औं दिनमा उनी कोरोनामुक्त भइ डिस्र्चाज भएका हुन् ।

शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकको धनगढी प्रयोगशालामा लगातार गरिएको ‘पीसीआर’ परीक्षणमा ‘रिपोर्ट नेगेटिभ’ आएपछि डिस्चार्ज गरिएको जिल्ला अस्पताल बैतडीका डा. वशन्तराज जोशीले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोग्दै आएका उनलाई डिस्चार्ज भएलगत्तै कारागार लगिएको छ ।