१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ सय १५ पुग्यो


0
Shares

सुर्खेत । कर्णाली प्रदेशमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकाहरुमा दैलेखका सात जना पुरुष, सल्यानका दुई जना पुरुष र कालिकोटका छ जना पुरुष र एकजना महिला रहेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

योसंगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ भने नेपालमा कोरोना संक्रमितको संख्या २१ सय १५ पुगेको छ ।