Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


गर्भवतीलाई कोरोना देखिएपछि धादिङको सिद्धलेकमा निषेधाज्ञा जारी


0
Shares

धादिङ । धादिङमा निषेधाज्ञा जारी गरिएको छ । हिजो धादिङको सिद्धलेक गाउँपालिका–५ की २३ वर्षीय गर्भवती महिलामा कोराना पुष्टि भएपछि जिल्ला सुरक्षा समितिले उक्त गाउँ सिल गरेको छ ।

स्थानीय प्रशासन ऐन अनुसार गाउँमा आजदेखि २४ गतेसम्म निषेधाज्ञा जारी गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

वडा नं ५ कुम्पुर हिटी गाउँको पूर्वमा गनगने चौतारा, पश्चिममा चिप्ले डाँडा, उत्तरमा सुकौरा खोला र दक्षिणमा आँख्ले चौतारो बीचको सीमाक्षेत्रलाई शील गरिएको छ ।

कोेरोनाको संक्रमण देखिएकी महिला गत जेठ १४ गते सुत्केरी हुने दिन पुगेपछि जिल्ला अस्पताल धादिङवेशी गएकी थिइन् ।

थप उपचारका लागि थापाथलीस्थित प्रसुतीगृहमा उपचार गराउन लगेकोमा उनलाई त्यही संक्रमण देखिएको थियो । धादिङका स्थानीयमा देखिएको यो चौथो संक्रमण हो ।