१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


सिन्धुपाल्चोकका एक जनामा कोरोना संक्रमण


0
Shares

काठमाडौं । मेलम्ची नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । भारतबाट आएका इन्द्रावती-१० का एक पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

उनी भारतबाट जेठ १२ गते चौतारा आएका थिए । मेलम्चीस्थित  क्षेत्रीय क्वारेनइन्मा राखिएका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।

उनको जेठ १७ गते आरडीटी प्रविधिमार्फत परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । सो पश्चात तत्काल १८ गते स्वाब संकलन गरी परीक्षण गर्न टेकुुु प्रयोगशाला पठाइएको थियो ।

उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको अनौपचारिक जानकारी पाएको जिल्ला जनस्वास्थ्यका एक अधिकारीले बताएका छन् ।

यसअघि जेठ १ गते बाह्बिसे नगरपालिकाका एक सुत्केरी महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । उनी कोरोनाबाट मृत्यु हुने नेपालको पहिलो व्यक्ति हुन् ।