काठमाडौं । लकडाउनका कारण मुलुकमा विद्यमान असहज परिस्थितिमा सरकारले तत्काल कर बुझाउन जारी गरेको सूचनालाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
नेपाली कांग्रेस संसदीय दलले बुधबार विहान विज्ञप्ती जारी गर्दै सरकारको सूचना गैरजिम्मेवारपनको पराकाष्ठ हो भनेको छ ।
‘यस्तो विषम र असहज परिस्थितिमा पनि सरकारले लकडाउनको सयम भित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अस्वभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठ हो’, विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले सरकारसँग कर जारी गर्ने सूचना तत्काल सच्चाउन माग पनि गरेको छ ।
कोरोना रोगको कारण बन्द भएका साना देखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकहरुका लागि सरकारले विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसको विपरित करका लागि ताकेता गर्नु भनेको वर्तमान सरकार आम नेपाली नागरिकप्रति उदासीन रहेको प्रष्ट भएको, प्रमुख सचेतक बालकृष्ण खाँडद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
जेष्ठ २१, २०७७
प्रेस विज्ञप्ति
विगत ७० दिन भन्दा बढी समयदेखि कोरोना भाईरस (ऋयखष्म ज्ञढ) को कारण सरकारले मुलुकभर बन्दाबन्दी (लकडाउन) गरिरहेको अवस्था छ । यस अवधिमा सरकार जति गम्भीर एवं जिम्मेवारीपूर्वक ढंगबाट कोरोना रोगको रोकथाम, न्यूनिकरण तथा उपचारका लागि तत्पर हुनुपर्ने हो तर त्यसो नभई दिनानुदिन एक पछि अर्को जनतालाई आतङ्कित गर्ने कार्य गर्दै आइरहेको छ । सरकार जनताप्रति अनुत्तरदायी भएको कारण सरकारको कार्य क्षमतामा प्रश्न चिन्ह खडा भएको छ । सरकार दिनप्रति दिन असफल हुँदै गइरहेको छ ।
लकडाउनको कारण देशका सम्पूर्ण उद्योग, कलकारखाना, पर्यटन, यातायात क्षेत्र लगायत शैक्षिक संस्था ठप्प छन् । त्यसका अलवा अन्य व्यवसाय, बैंक, वित्तिय तथा सहकारी संस्था तथा निजी अस्पताल सञ्चालनमा ठूलो कठिनाई भइरहेको छ । सम्पूर्ण आर्थिक कारोबार बन्द रहेको छ । यस्तो विषम र असहज परिस्थितिमा पनि सरकारले लकडाउनको सयम भित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अस्वभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठ हो । सरकारको यस कार्य प्रति नेपाली कांग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ । कोरोना रोगको कारण बन्द भएका साना देखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकहरुका लागि सरकारले विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसको विपरित करका लागि ताकेता गर्नु भनेको वर्तमान सरकार आम नेपाली नागरिकप्रति उदासीन रहेको प्रष्ट भएको छ ।
आमनागरिकलाई पिडा माथि पिडा थप्ने कार्य अत्यन्त निन्दनीय छ । तसर्थ सरकारको यस गतल कदमलाई तत्काल सच्चाउनको लागि नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ । सुरक्षित रहन र सुरक्षाको प्रत्याभुति दिलाउनु राज्यको प्रमुख दायित्व हो । जनतालाई पिडा माथि पिडाको अनुभूति नदिन खबरदारी गर्दछ ।
जय नेपाल !
बालकृष्ण खाण
प्रमुख सचेतक









प्रतिक्रिया दिनुहोस्