Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


जुम्लामा तीन दिनका लागि निषेधाज्ञा, अवज्ञा गरे कानुन बमोजिम कारबाही गरिने


0
Shares

काठमाडौं ।  जुम्लामा तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ  । कोरोनाको संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले आज बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

जुम्लामा भारतबाट आएका नागरिक र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसलाई समुदाय स्तरमा फैलिन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए ।

कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गर्दै उनले निषेधाज्ञाको अवज्ञा गरे कानुन बमोजिम कारबाही हुने चेतावनी दिए ।

जिल्ला प्रशासन कार्यालयले हिजो सूचना जारी गरेर उक्त अवधिमा अत्यावश्यक सेवाबाहेका सबै पसलहरु बन्द गर्न निर्देशन दिएको छ ।

आजदेखि जिल्ला भित्रका औषधि पसल, उपकरण तथा औषधि सामग्री उत्पादन, बिक्री वितरण र ढुवानी सेवा बाहेक अन्य सबै पसल बन्द हुने सूचनामा जनाइएको छ ।