२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कारागार कहर: कैदीबन्दीको स्वास्थ्यमा खेलाँची

वर्ष दिनमा ७८ को मृत्यु

143
Shares

काठमाडौं । अपराध गरेको भनेर अदालतले दोषी ठहर्‍याएसँगै कारागारमा पुगेका कैदी घर फिर्ता हुने मिठो सपना साँच्दै पट्यारलाग्दो सजाय काटिरहेका हुन्छन् । बाँकी जीवन परिवारसँग आनन्दले बिताउने कतिपयको चाहना कारागारमै तुहिने गरेको छ ।

राज्यको चरम लापरबाही र बेवास्ताले थुप्रै कैदीको जीवन कारागारको अँध्यारोमै विलीन हुने गरेको छ । यस्तै अवस्था पुर्पक्षका लागि कारागारमा रहेका बन्दीको पनि छ । सजाय काट्दाकाट्दै र पुर्पक्षका लागि जेलभित्र बसेका कैदीबन्दीको संख्या अपत्यारिलो छ ।

कारागार व्यवस्थापन विभागको आँकडाअनुसार वार्षिक सरदर ५५ जना कैदीबन्दीको मृत्यु हुने गरेको छ । विभागको अभिलेखअनुसार आव २०७७/७८ मा ७८ कैदीबन्दीको मृत्यु भएको छ । तीमध्ये ३३ जनाको पोस्टमार्टम भएको छ भने ६ जनाको मृत्युमाथि छानबिन समिति बनाइएको छ ।

कोभिड–१९ का कारण दुई वर्षमा ११ कैदीको ज्यान गएको थियो । केही कैदीबन्दीले जेलभित्र आत्महत्यासमेत गरेको पाइएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।