Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु, कोरोना लागेको भन्दै कसैले छुन मानेनन्


0
Shares

डडेल्धुरा । जिल्लाको क्वारेन्टाइनमा एक महिलाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–२ की ३० वर्षीय महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राती श्रीमानसँगै शौचालय गएकी महिला एक्कासी बेहोस भएपछि मृत्यु भएको बडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षण धनबहादुर विष्टले जानकारी दिए ।

मृतक महिला आइतबार भारतको गौरीफन्टा नाका हुँदै घर आएकी  हुन् । उनी श्रीमान र छोरासहित गन्यापधुरा गाउँपालिका वडा नं. १ ले निमार्ण गरेको असिग्राम आधारभूत विद्यालय रौनाकोट क्वारेन्टाइनमा आज मृत्यु भएको हो ।

गएराति ११ बजे बिरामी भएकी महिलालाई अस्पताल लैजान एक बजे एम्बुलेस पुगे पनि कोरोनाका कारण मुत्यु भएको भन्दै कसैले नछोएको बताइएको छ ।

प्रहरी र स्वास्थ्यकर्मी घटनास्थल पुगिसकेको र मृतकलाई छोएका श्रीमान लगायतको स्वाब संकलन गरिने बताइएको छ ।