२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै

'कार्यदलले गर्नसक्ने विषय टुंग्याएर प्रतिवेदन दिने तयारी'

130
Shares

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलले आज मंगलबार सहमति जुटाउने दाबी गरेको छ ।

सोमबार बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि मंगलबार पुनः बैठक बस्दै छ ।

मंगलबारको बैठकले जसरी पनि सिट बाँडफाँट टुंगो लगाउने कार्यदलको दाबी छ ।

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सोमबारको बैठकमा १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो । शीर्ष तहबाट जुन जिम्मेवारी कार्यदललाई दिइएको छ, त्यसअनुसार आफुहरुले १६५ निर्वाचन क्षेत्रमा कसको के अवस्था छ भन्नेमा छलफल टुंग्याएको मन्त्री कार्कीको भनाई छ ।

कार्यदलले मंगलबार आफ्नो तर्फबाट प्रतिवेदन दिने र मिलाउनु पर्ने जटिल विषय शीर्ष नेतालाई छाडिदिने बुझिएको छ ।