संविधानमै तीन तहका अधिकार स्पष्ट भएन « Imagekhabar – Online News Portal of Nepal
१७ आश्विन २०७९, सोमबार | Tue Oct 4 2022


संविधानमै तीन तहका अधिकार स्पष्ट भएन


182
Shares

काठमाडौं । बागमति प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले संविधानमा तीन तहको सरकारको अधिकार क्षेत्रको सम्बन्धमा अस्पष्टता रहेको बताएका छन् ।

राष्ट्रिय सभाअन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सोमबार हेटौंडामा आयोजना गरेको संघीय शासन प्रणाली सवलीकरण विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री श्रेष्ठले संघीय सरकारले प्रदेश सरकारलाई दिने अधिकार तथा संविधानले प्रदेश सरकारलाई दिएको अधिकार आदिका बारेमा संविधानमै अस्पष्टता भएकाले संघीय शासन प्रणालीमा अफ्ठ्यारो पारेको बताए ।

उनले संविधान र ऐनले तोकेको अधिकार पनि संघ सरकारले प्रदेश सरकारलाई नदिनु संघीयता कार्यान्वयनको समस्याको रूपमा रहेको उल्लेख गरे ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।