१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


सुरक्षागार्ड गुरुङलाई रिहा गर्न गृहमन्त्री खाँणको निर्देशन


6.162k
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटीजका सुरक्षागार्डलाई रिहाइ गर्न निर्देशन दिनुभएको छ ।

गृहमन्त्री खाँणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षागार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिनुभएको हो ।

आइतबार पर्यटनमन्त्री जीवनराम श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेका गरुड सेक्यूरिटीका सुरक्षाकर्मी शेरजंग गुरुङलाई थुनामा राखेको थियो ।