Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


निर्माण अलपत्र परेपछि ठेकेदारको व्यानर बनाएर विरोध


208
Shares

बाग्लुङ । ५० शय्या क्षमताको भवन अलपत्र बनाउने निर्माण व्यवसायीको बेनी अस्पतालको प्रवेशद्वारमा तस्विर सहितको व्यानर राखेर विरोध गरेका छन् ।

अनेरास्ववीयु र राष्ट्रिय युवा संघले बेनी अस्पतालको भवन निर्माणको ठेक्का लिएको महादेव खिम्ती–गल्वा–रफिना जेभीका सञ्चालकको तस्बिर अस्पतालको प्रवेशद्वारमा टाँसेका हुन् । अस्पतालको भवन अलपत्र पारेर सम्पर्कविहीन भएपछि सिंहको तस्बिर र मोबाइल नम्बर उल्लेख गरिएको ब्यानर चोक र सार्वजनिकस्थलमा टाँसेर खबरदारी गरेको अनेरास्ववीयुका गण्डकी प्रदेश अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो ।

तत्कालीन सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले २०७३ मंसिर २१ गते भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग १८ करोड ८४ लाख आठ हजार ८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । महादेव खिम्तीका सञ्चालक निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंह हुनुहुन्छ । यो भवन बनाउने जिम्मेवारी रफिना कन्ट्रक्सनका सञ्चालक रबिन जोशीले लिनुभएको थियो ।

२०७६ मंसिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चार तले तीन वटा भवन निर्माणको भौतिक प्रगति ७५ प्रतिशत मात्र भएको सहरी विकास भवन भवन निर्माण आयोजना बाग्लुङले जनाएको छ ।