Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


बागलुङका चिकित्सक आन्दोलित


0
Shares

बागलुङ, जेठ २० । नेपाल मेडिकल कलेजका चिकित्सकमाथि भएको हातपातको घटनाका दोषीलाई कारबाहीको माग गर्दै बागलुङका स्वास्थ्यकर्मीहरु पनि आन्दोलित भएका छन् ।

घटना भएको ६ दिन बितिसक्दा पनि कारबाहीको लागि कुनै पहल नगरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

मंगलबार धौलागिरि अस्पतालका स्वास्थ्यकर्मीहरुले अस्पताल परिसरमा हातमा कालोपट्टी बाँधेर प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।