
काठमाडौं । कर्णाली प्रदेशमा आज २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकाहरुमा सुर्खेतका ११ जना पुरुष, सल्यानका ९ जना पुरुष र अछामका ६ जना पुरुष र दुई जना महिला रहेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसंगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ सय ६२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्