
नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा २५ शैया क्षमताको आइसोलेसन सेन्टर निर्माण गरेको छ ।
बाल सिकाई केन्द्रको भवनमा निमित आइसोलेसनमा १९ जना स्वास्थ्यकर्मीको टोली रहन व्यवस्था मिलाइएको नगर प्रमुख भीम बहादुर थापाले वताए ।
आइसोलेसनमा राखिएका सबै बेड बुटवलको एक स्वास्थ्य संस्थाले सहयोग स्वरुप उपलब्ध गराएको हो ।
आइसोलेसन सेन्टरमा मनोरञ्जनका लागि टेलिभिजन र वाईफाईको पनि व्यवस्था गरिएको छ । जिल्लामा हालसम्म ६ जना कोरोना संक्रमित भेटिएका छन् ।
प्रतिक्रिया दिनुहोस्