बैतडी । क्वारेन्टाइनामा बसेकी एक महिलाको मृत्यु भएको छ ।
पुर्चौडी नगरपालिका–४ भटनाको विद्यालय महादेव माविमा रहेको क्वारेन्टाइनमा रहेकी २२ वर्षीया महिलाको हिजो साँझ मृत्यु भएको हो ।
मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख योगेश भट्टले बताए ।
उनले रिपोर्ट आएपछि मात्र शवको पोस्टमार्टम गरिने बताए । मृतक महिलामा दमको समस्या थियो । उनी केही दिनअघि मात्रै भारतबाट आएकी थिइन ।









प्रतिक्रिया दिनुहोस्