१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


थप १० जनामा कोरोना संक्रमण, क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था बढाइनुपर्ने


0
Shares

काठमाडौं । आज(मंगलबार) थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकाहरुमा पर्वत र स्याङजाका पांच पांच जना पुरुष रहेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमितहरु १९ देखि ४० वर्षसम्मका पुरुष छन् । उनीहरु सबै हालैमात्र भारतबाट फर्किएका हुन् ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।

गण्डकीका बागलुङ, स्याङ्जा, लमजुङ, तनहुँ, नवलपुर, पर्वत, म्याग्दी गरी ७ जिल्लामा कोरोना देखिएको छ ।

जसमध्ये बागलुङमा २ र लमजुङका एकजना गरी ३ जना निको भई घर फर्किसकेका छन् ।

यता स्वास्थ्य मन्त्रालयले संक्रमितको संख्या बढेसँगै क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था बढाउनुपर्ने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले क्वारेन्टाइनको सम्र्पुण व्यवस्था प्रदेश सरकारको सहयोगमा स्थानियतहले सञ्चालन गराउनु पर्ने र मापदण्ड पुगे नपुगेको वारे अनुगमन गर्न पनि आग्रह गरे ।

यस्तै अब अस्पतालमा विरामी र संक्रमितहरुलाई छानेर मात्र राखिने रणनीति अप्नाउने तयारी भएको डा. देवकोटाले जानकारी दिए । 

देशभर ७१ हजार ९ सय ३ जनाको पीसीआर परीक्षण भएको छ भने १ लाख १३ हजार ७ सय ५७ जनाको आरडीटी परीक्षण भएको छ ।