
काठमाडौं । कर्णाली प्रदेशका विभिन्न जिल्लामा थप ७५ जनामा कोरोना संक्रमण देखिएको छ ।
कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले सार्वजनिक गरेको नयाँ सूचना अनुसार कर्णालीमा संक्रमितको संख्या १९८ पुगेको छ ।
यसअघि मन्त्रालयले आइतबारसम्म १ सय २३ जनामा संक्रमण पुष्टि गरेको थियो ।
सोमबार प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेख, सल्यान र सुर्खेतका ३१ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा जुम्ला र दैलेखका ४२ जनामा संक्रमण देखिएको हो ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार नयाँ संक्रमितहरु दैलेखका ४१, जुम्लामा १९, सल्यानका १० र सुर्खेतका ५ जना रहेका छन् ।
सोमबार संक्रमण पुष्टि भएकामध्ये दुईजना जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी छन् ।
प्रतिक्रिया दिनुहोस्