८ असार २०८१, शनिबार | Sat Jun 22 2024


महाभियोग सिफारिस समितिमा आज पनि जबराले बयान दिने


91
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आज आइतबार पनि बयान लिने भएको छ ।

प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा राणाले आइतबार बिहान ११ बजेदेखि बयान दिनुहुनेछ । गत बुधबार र बिहीबार जबराले समितिमा बयान दिनुभएको थियो ।

समितिले ४३ वटा प्रश्न सोधेकोमा जबराले दुई दिनमा ६ वटा प्रश्नको मात्रै जवाफ दिनुभएको छ ।

समितिले राणा विरुद्ध सार्वजनिक सूचना जारी गरी प्रमाण संकलन गरेको छ ।

नेपाल बार एशोसिएसनले मात्रै ३४ वटा प्रमाण बुझाइसकेको छ । समिति सचिवालयका अनुसार विभिन्न व्यक्ति र संस्था गरी १० ठाउँबाट प्रमाण प्राप्त भएका छन् ।

महाअभियोग सिफारिस समितिका अनुसार जबराविरुद्ध प्रमाणको ठूलो सूची तयार भएको छ । विभिन्न व्यक्ति र संस्थाले दिएका र समिति आफैंले संकलन गरेका प्रमाणहरुमा मुख्य गरी जबराको आचरणमाथि प्रश्न उठाइएका छन् । सोही आधारमा जबरालाई सोधिने थप प्रश्नहरु तयार भएका छन् ।